Logo

५ असोज, काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १,१०० रुपैयाँले बढेर २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार यो मूल्य २ लाख १६ हजार रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। शुक्रबार तोलाको २,५८० रुपैयाँमा किनबेच भएको चाँदी आइतबार ४० रुपैयाँले बढेर २,६२० रुपैयाँमा पुगेको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परिरहेको छ। चाडपर्व नजिकिँदै गर्दा सुनको माग बढ्न सक्ने अनुमान व्यापारीहरूले गरेका छन्।

विशेषज्ञहरूका अनुसार आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको परिस्थितिलाई हेरेर मूल्य अझै उतारचढाव हुन सक्ने सम्भावना छ।


सम्बन्धित समाचार
भर्खरै