Logo

५ असोज, काठमाडौं। नेपाली कांग्रेसका पूर्वपदाधिकारी नेताहरू आगामी महाधिवेशन र पार्टीको नेतृत्व परिवर्तनबारे छलफल गर्न आज चाक्सीबारीमा भेला भएका छन् ।

पूर्व उपसभापतिहरू गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, पूर्व महामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, र डा। शशाङ्क कोइराला, साथै पार्टी प्रवक्ता डा. प्रकाशशरण महत यस छलफलमा सहभागी छन् ।
उनीहरूबीच पार्टीको १५ औं महाधिवेशनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भइरहेको छ। विशेष गरी, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबारको कार्यसम्पादन समिति बैठकमा उठाएको विशेष महाधिवेशन र नेतृत्व परिवर्तनको प्रस्तावबारे साझा धारणा बनाउने प्रयास भइरहेको छ।

पूर्वपदाधिकारीहरूले निरन्तर छलफल गरिरहेका छन् । पूर्व उपसभापति विजयकुमार गच्छदार भने आजको छलफलमा सहभागी छैनन् ।


सम्बन्धित समाचार
भर्खरै