Logo

५ असोज, काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा काठमाडौंको होटल एलो पगोडामा आश्विन ३ गते शुक्रबार उक्त सभा सम्पन्न भएको हो । सभाको प्रारम्भमा प्रबन्ध संचालक रमेश कुमार भट्टराईले साधारण सभामा उपस्थित शेयरधनी र आमन्त्रित महानुभावहरुको स्वागत गर्दै कम्पनीको उद्देश्य परिर्वतन र सर्वसाधारणमा शेयर जारी गर्नु पर्ने आवश्यकताका बारेमा प्रकाश पार्नु भएको थियो ।

यस्तै, अध्यक्ष देवेन्द्र प्रताप शाहले मन्तव्य राख्दै नेक्सजेन म्यानेजमेन्टको विगत, वर्तमान अवस्था, भावी रणनीति तथा कार्यक्रमको बारेमा जानकारी गराउनुभयो । संचालक अजय कुमार मिश्रले उद्योग ब्यबसायमा लगानी गर्दाको जोखिम तथा समयानुकुल लगानी गर्दाको फाइदा बारेमा जानकारी गराउनुभएको थियो ।

साधारण सभामा संस्थापकहरु रामकृष्ण पौडेल, श्रीचन्द्र भट्ट, बलराम विष्ट, सुरेश सापकोटा तथा आमन्त्रीत मनोरञ्जन रमण शर्मा र विजय बहादुर शाहले कम्पनीको बारेमा विभिन्न जिज्ञासा राख्नु भएको थियो । अध्यक्ष शाह र प्रबन्ध संचालक भट्टराईले उठेको जिज्ञासा र प्रश्नहरुको उत्तर दिनुभएको थियो ।

सभाले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय प्रतिवेदन पारित गर्ने, कम्पनीको उद्देश्यमा थप व्यवस्था गर्ने र आर्थिक वर्ष २०८२/०८३ को लागि लेखा परिक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी जारी तथा चुक्ता पूँजी ५० करोड पुर्याउने क्रममा प्रिमियममा थप संस्थापक शेयर विक्रि गर्न, ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न तथा सहायक कम्पनी एग्रो डेभलपमेन्ट फण्ड लिमिटेडमा गरेको लगानी समेत सभावाट सर्वसम्मतले अनुमोदन भएको प्रबन्ध संचालक भट्टराईले रेशखबरलाई बताउनुभयो ।

नेक्सजेन म्यानेजमेन्ट २०७५ सालमा स्थापना भएको कम्पनी हो । विगत ६ बर्ष देखि निरन्तर खुद मुनाफामा रहेको उक्त कम्पनीले गत वर्ष नगद लाभांश वितरण गरेको थियो ।

यस वर्षको खुद मुनाफा जगेडाकोषमा सारेको र नेटवर्थ अंकित मुल्य १०० रुपैंया भन्दा बढी रहेको जनाउँदै कम्पनीले अव नयाँ लगानीकर्ता समेटेर कम्पनीको आकार र ब्यबसाय बृद्धि गर्ने कार्य भैरहेको जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै