Logo

५ असोज काठमाडौं। नेकपा माओवादी केन्द्रले आफ्नो हालको केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेको छ। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले यस्तो प्रस्ताव अघि सारेका हुन् ।

एक नेताका अनुसार, प्रचण्डले पार्टीको विशेष महाधिवेशन आगामी मंसिर महिनामा गर्ने प्रस्ताव समेत राखेका छन् । यसका लागि एक हप्ताभित्रै केन्द्रीय समितिको बैठक बोलाएर विशेष महाधिवेशन आयोजक कमिटी गठन गर्ने प्रस्ताव पनि उनले गरेका छन् । यो निर्णयले माओवादी केन्द्रभित्रको आन्तरिक विवाद र संरचनागत समस्या समाधान गर्ने प्रयासका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार
भर्खरै