Logo

५ असोज, काठमाडौं। नेपाली कांग्रेसका पाँच पूर्वपदाधिकारी नेताहरूले विशेष महाधिवेशनले पार्टीमा आन्तरिक कलह बढाउने निष्कर्ष निकालेका छन् ।

नीहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको यो प्रस्तावको विरोध गर्दै पार्टीले नियमित महाधिवेशनमा जानुपर्नेमा जोड दिएका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको भनाइमा नियमित महाधिवेशनले मात्र तल्लो तहदेखि नै नेतृत्व परिवर्तनको ढोका खोल्नेछ । उनीहरूले सभापति शेरबहादुर देउवा स्वस्थ भएपछि केन्द्रीय समिति बैठकबाट नियमित महाधिवेशनको मिति तय गर्नुपर्ने बताएका छन् ।

बैठकले महामन्त्रीहरूमाथि नै प्रश्न उठाउँदै नियमित महाधिवेशनका लागि क्रियाशील सदस्यताको काम समयमा नगरेको आरोप लगाएको छ । यस्तै, पूर्वउपसभापति विमलेन्द्र निधिले जेनजी आन्दोलनपछिको राजनीतिक संकटमा पार्टीलाई एकताको आवश्यकता रहेको बताएका छन् । पूर्व उपसभापतिद्वय विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ भने छलफलमा अनुपस्थित थिए।


सम्बन्धित समाचार
भर्खरै