Logo

२७ फागुन, बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ मा भएको निशुल्क स्वास्थ्य शिबिरमा ४ सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

बजनीमा आयोजित शिविरमा स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।शिविरमा मधुमेह, रक्तचाप, आँखा, नाक, कान, घाँटी, छालालगायत विभिन्न स्वास्थ्यसम्बन्धि समस्याको परीक्षण गरिएको थियो । उपमहानगरपालिका र नेपाल आँखा अस्पताल औराहका चिकित्सकले स्थानीयको स्वास्थ्य परीक्षण गरेका हुन् ।

शिविरमा उपमहानगरपालिकाका डा. दीपक गिरी, डा. प्रशान्त वणर्वालसहित नर्स र अन्य स्वास्थ्यकर्मीले स्थानीयको परीक्षण गरेका थिए भने आँखा अस्पतालका चिकित्सकले आँखाको जाँच गरेका थिए ।

शिविरमा स्थानीयलाई निःशुल्क औषधी समेत वितरण गरिएको वडाध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले असार मसान्तसम्म प्रत्येक महिनाको दुई पटक शिविरको आयोजना गरिने बताउँनुभयो । वडाध्यक्ष कार्कीले आगामी दिनमा वृद्धवृद्धाको स्वास्थ्य जाँचका लागी घरमै स्वास्थ्य सेवा प्रदान गर्ने तयारी रहेको समेत बताउँनुभयो ।


सम्बन्धित समाचार