Logo

३० फागुन, पचगावाँ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं.५ निचुटा स्वास्थ चौकी भवनमा बैशाखको अन्तिम सातादेखि आँखा अस्पताल संचालनमा आउने भएको छ ।

पटेर्वासुगौली गाउँपालिकाको पहलमा तिलगंगा समुदाय आँखा केन्द्र सचांलन हुने भएको हो । तिलगंगा आँखा प्रतिष्ठानद्वारा सचांलित तिलगंगा आँखा अस्पताल काठमाडौको शाखाको रूपमा पटेर्वासुगौली गाउँपालिका वडा नं.५ निचुटामा बैशाखको अन्तिम सातादेखी समुदायमा आँखाकेन्द्र संन्चालनमा आउने पटेर्वासुगौली गाउँपालिका अध्यक्ष दिनेश चौधरीले बताउनुभयो ।

गाउँपालिकाले निचुटा स्वास्थ चौकीमा एक तले ३ कोठे भवन निर्माण गरेर आँखा केन्द्र खोल्ने सम्पुर्ण पुर्व तयारी गरिसकेको गापा अध्यक्ष चौधरीको भनाई छ । तिलगंगा आँखा प्रतिष्ठानद्वारा संन्चालित तिलगांगा आँखा अस्पताल काठमाडौको संचालक पूर्व डिआइजी पिताम्बर अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्साका ग्रामीण क्षेत्रका गरिब, दलित, असहाय, विपन्न जेहेन्दार जस्ता आँखाका विरामीलाई आफ्नै गाउँ ठाउँमा विशेष छुटसहित आँखाको उपचार गरि शल्यक्रिया एवम् औषधी समेत वितरण गरिनेछ ।

 


सम्बन्धित समाचार