२६ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाले असन्तुष्ट पक्षको बैठक बोलाएका छन् । राणाले सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आइतबार दिउँसो १२ः३० बजे बस्ने गरी बैठक बोलाएका हुन् ।
राणानिकट एक नेताका अनुसार छलफलका लागि मुख्य गरी चार एजेन्डा तय गरिएको छ । नियमित महाधिवशेनका लागि दबाब बढाउने र नियमित हुन नसके विशेष महाधिवेशन गर्न दबाब बढाउन असन्तुष्ट पक्षको बैठक आव्ह्वान गरेको बताइएको छ ।
राप्रपाको नियमित महाधिवेशन आउँदो मंसिरमा गरिसक्नुपर्नेछ। असन्तुष्ट पक्षको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरूको पुनर्बहालीको विषयमा पनि छलफल हुनेछ।















