Logo

२७ असोज, काठमाडौं । नेपाली बजारमा सुनको भाउले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ तोकिएको छ।

एकैदिनमा २ हजार ४ सय रुपैयाँको वृद्धि

अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा प्रतितोला २ हजार ४ सय रुपैयाँको ठूलो वृद्धि भएको छ। यसअघि सुन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो । यो वृद्धिको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले पनि रेकर्ड बनाउँदै प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर नाघेको छ ।

चाँदीको भाउ पनि चम्कियो

सुनसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । चाँदीको भाउ प्रतितोला ३ हजार २ सय २० रुपैयाँ पुगेको छ। चाँदीको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ९५ रुपैयाँले बढेको छ । बढ्दो भूराजनीतिक तनाव र अमेरिकी डलरको कमजोरीले गर्दा बहुमूल्य धातुहरूमा लगानीकर्ताको आकर्षण बढ्दा लगातार मूल्यवृद्धि भएको विश्लेषण गरिएको छ।


सम्बन्धित समाचार