Logo

१९ कात्र्तिक, काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा १० वटा कम्युनिस्ट पार्टीहरूको एकता घोषणा सभा चलिरहँदा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि उक्त कार्यक्रममा सहभागी भएका छन् ।

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अगुवाइमा सुरु भएको यो बृहत् एकता प्रक्रियामा यसअघि खनाल असहमत देखिएका थिए । तर, अन्तिम समयमा आएर उनी एकता घोषणा कार्यक्रममा सहभागी हुनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

केही समयअघि मात्र उनले प्रचण्डसँग भेटवार्ता गरी नीतिगत छलफल गरेको र सकारात्मक निष्कर्ष आउने आशा व्यक्त भएको सन्दर्भमा, उनको यो उपस्थिति एकीकृत समाजवादीभित्र एकताको पक्षमा देखिएको महत्त्वपूर्ण कदम मानिएको छ । यसरी पार्टीभित्र केही नेताहरूले असहमति जनाउँदै गर्दा खनालको उपस्थिति घोषणासभालाई थप बलियो बनाएको छ ।


सम्बन्धित समाचार