Logo

१९ कात्तिक, काठमाडौं  । बहुविवाहको मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पालाई कारागार चलान गरिएको छ।

काठमाडौं प्रहरी परिसरका अनुसार मंगलबार पक्राउ परेका शेर्पालाई बुधबार अदालतमा उपस्थित गराई डिल्लीबजार कारागार चलान गरिएको हो। परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले अदालतको आदेशअनुसार शेर्पालाई सजाय भुक्तानका लागि कारागार पठाइएको जानकारी दिएका छन्।

ताप्लेजुङ घर भएका शेर्पा एमाले जनजाति महासंघका अध्यक्ष समेत हुन्।

श्रीमतीले बहुविवाहको मुद्दा दायर गरेपछि २०७९ सालमा जिल्ला अदालत काठमाडौंले उनलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। त्यसविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरे पनि उच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गरेको थियो।

फैसला कार्यान्वयनका लागि शेर्पालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको हो।


सम्बन्धित समाचार