Logo

१९ कात्तिक, वीरगञ्ज । मधेश प्रदेश सभाले मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलको विश्वासको मत यही शनिवार (कात्तिक २२ गते) लिने तयारी गरेको छ।

मुख्यमन्त्री सोनलले विश्वासको मत लिने बारे लिखित पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएपछि सभाले आवश्यक गृहकार्य सुरु गरेको हो।

प्रदेश सभाले बुधवार सार्वजनिक गरेको सूचनामा भनिएको छ, “नेपालको संविधानको धारा १६८ (७) बमोजिम कात्तिक २२ गते दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्रीबाट विश्वासको मत लिइने” उल्लेख गरिएको छ।

प्रदेश सभा सचिवालयले सम्पूर्ण सदस्य र सरोकारवालालाई उक्त बैठकमा उपस्थित रहन आग्रह गरेको छ।

मुख्यमन्त्री सोनलले हालै गठन गरेको मन्त्रिपरिषदलाई पूर्णता दिन तथा आफ्नो सरकारप्रति प्रदेश सभाको समर्थन सुनिश्चित गर्न संवैधानिक प्रक्रिया अनुसार विश्वासको मत लिन लागेका हुन्।


सम्बन्धित समाचार