Logo

२० कात्र्तिक, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से ११ दशमलव २९ अंकले घट्दै २५९६ अंकमा झरेको छ ।

परिसूचकमा गिरावट आए तापनि बजारमा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आजको कारोबारमा १६५ कम्पनीको मूल्य घटेको छ भने ७७ कम्पनीको मूल्यमा वृद्धि भएको छ ।

सबै समूहका सूचकहरूमा १ प्रतिशतभन्दा कमको उतारचढाव देखिए पनि अधिकांश समूहका सूचकहरू ओरालो लागेका छन् । बजारमा हालै सूचीकृत भएका दरामखोला हाइड्रोपावर र माबिलुङ इनर्जीको मूल्य १० प्रतिशतले बढ्नु सकारात्मक पक्ष रह्यो, तर सम्पदा लघुवित्तको मूल्य भने सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । रकमका आधारमा आज शिवम् सिमेन्ट, राधि विद्युत् र हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ ।


सम्बन्धित समाचार