Logo

२१ कात्र्तिक, काठमाडौं । कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक बालकको शव दुई दिनपछि मृत अवस्थामा फेला परेको छ ।

सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वाका १४ वर्षीय आशिक यादवको शव शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले पुष्टि गरेको छ। आशिक गत बुधबार बिहान साढे ६ बजे कात्तिक पूर्णिमाको पुण्य स्नानका लागि बागमती नदीमा प्रवेश गरेका थिए तर नुहाउने क्रममा बेपत्ता भएका थिए ।

बेपत्ता भएका बालकको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली निरन्तर खटिएको थियो। दुई दिनको अथक प्रयासपछि अन्ततः उनको शव रौतहटको दुर्गा भगवती गाउँपालिका–२ स्थित बागमती नदीको किनारमा शुक्रबार बिहान ८ बजे फेला परेको हो ।

शव भेटिएपछि सो क्षेत्रमा शोक छाएको छ। बागमतीमा डुबेर बेपत्ता भएका बालकको शव फेला परेको घटनाले कात्तिक पूर्णिमाको धार्मिक उत्साहलाई दुखद मोडमा पुर्‍याएको छ। प्रहरीले आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाउने तयारी गरेको छ।


सम्बन्धित समाचार