Logo

२१ कात्र्तिक, चितवन , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आगामी राजनीतिक रणनीति र निर्वाचनको तयारीलाई केन्द्रमा राख्दै चितवनको सौराहामा विस्तारित बैठक सुरु गरेको छ ।

पार्टीको भावी दिशा तय गर्न आयोजित यस महत्त्वपूर्ण बैठकमा देशभरबाट ५ सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ । सौराहामा सुरु भएको यो बैठकलाई पार्टीले आफ्नो सङ्गठन विस्तार र राजनीतिक एजेण्डालाई थप मजबुत बनाउने अवसरका रूपमा लिएको छ । बैठकको कार्यसूची अनुसार, पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले समग्र राजनीतिक अवस्था र पार्टीको अडानसम्बन्धी मस्यौदा प्रस्तुत गर्नेछन् । त्यसैगरी, पार्टीका अर्का उपसभापति डा.स्वर्णिम वाग्लेले आगामी निर्वाचनलाई लक्षित गरी तयार पारिएको घोषणापत्रको मस्यौदा पेस गर्ने कार्यक्रम रहेको छ।

यसका अतिरिक्त, बैठकमा सहभागी प्रदेश सभापतिहरूले आफ्नो प्रदेशभित्रका जिल्लाहरूमा पार्टी सङ्गठनको वर्तमान अवस्थाबारे विस्तृत ब्रिफिङ गर्ने बताइएको छ।


सम्बन्धित समाचार