२२ कात्तिक, काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार साँझ उडान र अवतरण दुवै रोकिएको छ।
विमानस्थलको ‘एयरफिल्ड लाइटिङ सिस्टम’मा आएको प्राविधिक गडबडीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान तथा अवतरण स्थगित गरिएको विमानस्थल स्रोतले जनाएको छ।
प्रणालीमा समस्या आएपछि अवतरण गर्न लागेका विमानहरूलाई अन्य विमानस्थलतर्फ डाइभर्ट गरिएको र केही विमानहरू आकाशमै परिक्रमा गरिरहेका बताइएको छ।
विमानस्थलमा साँझ साढे ५ बजेदेखि उडान तथा अवतरण रोकिएको हो। प्राविधिक टोलीले ‘लाइटिङ सिस्टम’ मर्मतमा खटिएको र समस्या समाधानका लागि प्रयास भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

















