Logo

२३ कात्र्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटमा महत्त्वपूर्ण क्रान्तिकारी निर्णयहरू गरेको छ ।

चितवनको सौराहामा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले युवाहरूको ‘जेनजी स्पिरिड’ र जनसङ्ख्याको अनुपातलाई ध्यानमा राख्दै, ४० वर्ष मुनिका युवाहरूका लागि २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ । पार्टीले सार्वजनिक गरेको ११ बुँदे निष्कर्षमध्ये यो निर्णयलाई विशेष प्राथमिकता दिइएको छ। यसैगरी, विदेशबाट फर्किएका नेपाली नागरिकहरूले उम्मेदवार बन्न चाहेमा उनीहरूका लागि पनि १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको पार्टीले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएसँगै विस्तारित बैठकले पूर्वनिर्धारित महाधिवेशनको मिति भने ६ महिनाका लागि पर सारेको छ। करिब चार सय प्रतिनिधि सहभागी भएको उक्त विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा. स्वर्णिम वाग्लेले चुनावी वाचापत्रको अवधारणासहित पाँच फरक प्रतिवेदनहरू पेश गरिएका थिए, जसले पार्टीको भविष्यको रणनीति र संरचनालाई केन्द्रित गरेको छ ।


सम्बन्धित समाचार