कात्र्तिक, काठमाडौँ । काठमाडौं महानगरपालिकाले बढ्दो वायु प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ महानगरभित्र खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र अन्य फोहोर बाल्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।
जाडो मौसम सुरु भएसँगै काठमाडौं उपत्यकाको प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने गरेको र खुला रूपमा फोहोर बाल्नु यसको एक प्रमुख कारक रहेको भन्दै महानगरको वातावरण व्यवस्थापन विभागले यो निर्णय लिएको हो । विभाग प्रमुख सरिता राईले यो निर्णय जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असरलाई कम गर्नका लागि लिइएको स्पष्ट पार्नुभयो, किनकि वायु प्रदूषणले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र श्वासप्रश्वासका बिरामीहरूलाई गम्भीर असर पार्ने गर्दछ ।
महानगरपालिकाले जारी गरेको यस प्रतिबन्धको अटेर गरी कसैले फोहोर बालेमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र आर्थिक ऐन, २०८२ बमोजिम प्रतिपटक १० हजार रुपैयाँ जरिवाना गरिने चेतावनी पनि दिएको छ ।















