Logo

२३ कात्र्तिक, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई राजनीतिक दलको गतिविधिमा संलग्न भएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

मन्त्री पुनले एक ध्यानाकर्षण पत्र जारी गर्दै कुनै पनि पेशागत ऐनले पेशागत हकहितको सौदावाजी बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको दाबी गरेका छन् । उहाँले ‘पेशागत कर्तव्य, नैतिक दायित्व र विद्यालयरविश्वविद्यालय शान्ति क्षेत्र’ को मर्म विपरीतका क्रियाकलाप गर्ने जो कोहीलाई प्रचलित कानून बमोजिम पदबाट वर्खास्तसम्मको कारबाही गर्न मन्त्रालय पछि नहट्ने स्पष्ट पारेका छन् । यसका साथै, मन्त्रालयले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघरसंगठनहरूलाई राजनीतिक चरित्रबाट मुक्त गराउने नीति लिएको छ ।

मन्त्री पुनले ती संघरसंगठनहरूलाई गैर राजनीतिक, स्वतन्त्र र विशुद्ध व्यवसायिक प्रकृतिको बनाउन आवश्यक कानूनी प्रबन्धसहित पुनर्गठन गर्न समेत आह्वान गरेका छन् । यो निर्देशनले शिक्षा क्षेत्रलाई राजनीतिकरणबाट मुक्त गर्ने सरकारी प्रयासलाई तीव्रता दिएको मानिएको छ ।


सम्बन्धित समाचार
भर्खरै