२६ कात्र्तिक, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो पदभार ग्रहणका क्रममा भएको प्रदर्शनमा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने घोषणा गरेका छन् ।
मुख्यमन्त्री यादवले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पुगी घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्ने क्रममा यस्तो निर्णय सुनाएका हुन् । यस घोषणाअनुसार, प्रदर्शनका क्रममा घाइते भएका १६ जनाभन्दा बढी नेता तथा कार्यकर्ताहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्नेछ । मङ्गलबार मुख्यमन्त्रीले पदभार ग्रहण गरिरहेका बेला मधेस भवन बाहिर ७ राजनीतिक दलका नेता कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए, जसमा प्रहरीले लाठीचार्ज गर्दा उनीहरू घाइते भएका थिए। मुख्यमन्त्री यादवले घाइतेहरूको अवस्था सामान्य रहेको जानकारी पनि दिएका छन् ।















