२६ कात्र्तिक, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको जानकारी दिएको छ ।
आज सुनको भाउ प्रतितोला २१ सय रुपैयाँले घटेर २ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएको छ, जबकि अघिल्लो दिन मंगलबार सुनको कारोबार प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा भएको थियो । यद्यपि, ऐतिहासिक रूपमा सुनको भाउ असोज ३१ गते हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ।
यसैबीच, सुनको मूल्य घटे तापनि चाँदीको भाउ भने सामान्य रूपमा प्रतितोला ५ रुपैयाँले बढेर ३ हजार १७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको पनि हालसम्मको उच्च रेकर्ड असोज ३१ गते प्रतितोला ३ हजार ३५० रुपैयाँ थियो।















