२६ कात्तिक,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१ चित्रगुप्त टोलमा बुधबार दिउँसो एक महिलालाई चक्कु प्रहार गरी घाइते बनाइएको छ। घाइते हुनेमा ४२ वर्षीया नुतन कुमारी कर्ण रहेका छन्। उनी रौतहटको गौर नगरपालिका–५ स्थायी घर भएकी हुन् र हाल वीरगन्ज–१ चित्रगुप्त टोलमा डेरा लिएर बस्दै आएकी थिइन्।
घटनामा संलग्न २५ वर्षीया खुशी कुमारी बर्णवालले झगडाको क्रममा नुतनमाथि तरकारी काट्ने चक्कु प्रहार गरेकी प्रहरीले बताएको छ। प्रहरी निरीक्षक बिक्रम सुबेदीका अनुसार घाइते नुतनको नारायणी अस्पतालमा उपचार भइरहेको छ र उनको स्वास्थ्य अवस्था खतरामुक्त छ।
प्रहरीले चक्कु प्रहार गर्ने खुशीलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय वीर्तामा हिरासतमा राखेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। प्रहरी निरीक्षक सुबेदीका अनुसार, बुधबार दिउँसो करिब २ बजे दुबै जनाबीच झगडा भएको थियो, जसको क्रममा खुशी आवेशमा आएर आक्रमणमा उत्रेकी थिइन्।















