Logo

प्रतिकात्मक चित्र

३० कार्तिक, चितवन । मकवानपुरको भीमफेदी क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार, घटना मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र भीमफेदी गाउँपालिका वडा नम्बर १ को सिमानास्थित बुङ्दल खोला पुल नजिक राति भएको हो ।

दुर्घटनामा संलग्न मोटरसाइकलको नम्बर बाप्र ०३–००५ प ७९८० रहेको छ। स्थानीयले आइतबार बिहान दुर्घटनास्थलमा भेटेपछि प्रहरीलाई जानकारी दिएका थिए ।

प्रहरी घटनास्थल पुगेर दुर्घटनाको विस्तृत विवरण संकलन गरिरहेको छ। अधिकारीहरूले दुर्घटनाको कारण र अन्य तथ्यांकको अनुसन्धान जारी रहेको बताए ।

दुर्घटनामा परी जीवन गुमाउनेको परिचय र घटनाको थप विवरण आगामी रिपोर्टमा सार्वजनिक गरिने बताइएको छ ।


सम्बन्धित समाचार