५ मंसिर, काठमाडौं । उज्यालो नेपाल पार्टी नेपाल निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। आयोगले पार्टीलाई औपचारिक रूपमा दल दर्ता प्रमाणपत्र प्रदान गरेसँगै अब पार्टीले आफ्नो राजनीतिक गतिविधि सुदृढ रूपमा अघि लैजाने जनाएको छ।
पार्टीको अध्यक्षमा अनुपकुमार उपाध्याय चयन भएका छन्। निर्वाचन प्रयोजनका लागि पार्टीले पाएको चुनाव चिन्ह “बलेको चिम” रहने छ, जसले उज्यालो, आशा र परिवर्तनको प्रतीक व्यक्त गरेको पार्टीको भनाइ छ।
उज्यालो नेपाल पार्टी नेपालले दर्ता प्रक्रियासँगै संगठन विस्तार, नीति–कार्यक्रम सार्वजनिक गर्ने तयारी अघि बढाइसकेको छ। पार्टीले निकट भविष्यमा भव्य घोषणा सभा आयोजना गरी जनतामाझ आफ्नो राष्ट्रिय दृष्टिकोण, नीति तथा दीर्घकालीन योजना प्रस्तुत गर्ने जनाएको छ।
पार्टीका अनुसार देशको समृद्धि, सुशासन र पारदर्शी राजनीतिक संस्कृतिका लागि प्रभावकारी भूमिका खेल्ने लक्ष्यका साथ राजनीतिक यात्रा सुरु गरिएको हो।















