Logo

६ मंसिर,काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनपछिको परिवर्तन जनताको इच्छाअनुसार नभई आतंक र हिंसाबाट भएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित जनप्रदर्शनपछिको सभामा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

पोखरेलले भने, “२३ र २४ गते सडकमा आएर विध्वंस मच्चाउने मानिसहरूको संख्या अहिले एकल आह्वानमा आएर सडकमा रहेका मानिसहरूको तुलना चार गुणा बढी छ। यो परिवर्तन जनताको परिवर्तन होइन, जनताको सहभागिता नभएको, आतंक र हिंसाद्वारा गरिएको परिवर्तन हो।”

उनले यसलाई राज्यविहीनताको वातावरणमा गरिएको परिवर्तनको रूपमा लिनुपर्ने बताए। “यो जनताको आन्दोलन होइन, षड्यन्त्रको परिणाम स्वरूप मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने खालको काम भएको छ,” उनले भने।

पोखरेलले मुलुकलाई फेरि लोकतन्त्रको दिशामा अगाडि बढाउन सबै राजनीतिक दलहरूलाई आह्वान समेत गरेका छन्। “हामी त्यो बाटोमा अगाडि बढ्न नेपालका सबै राजनीतिक दलहरूलाई पुनः आह्वान गर्दछौं,” उनले जोड दिए।


सम्बन्धित समाचार