Logo

७ मंसिर,काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपालको राजनीतिक इतिहासमा योगदान गरेका पार्टीहरूले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल भएको बताएका छन्।

आइतबार पार्टीको एकता सभामा बोल्दै उनले काँग्रेस, एमाले र माओवादी आ–आफ्ना समयका परिवर्तनकारी पार्टी रहे पनि राज्यसत्तामा पुगेपछि भ्रष्टाचार, बेथिति र यथास्थितिमा फस्न पुगेको बताए। उनले भने, “इतिहासमा योगदान गरेका पार्टीहरूले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल हुन पुगे। फलस्वरूप देश चरम भ्रष्टाचार, बेथिति र यथास्थितिमा फस्नका साथै गति र परिणामविहीन भएको छ।”

शर्माले दलहरूले भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहीनता र राजनीतिक तरंगद्वारा राज्यका संस्थागत प्रणालीलाई कमजोर बनाएको आरोप पनि लगाएका छन्।

उहाँले संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलीय स्वार्थ र दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट सम्बोधन हुन नसकेको बताए। उनले भने, “भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहीनता र राजनीतिक तरंगले राज्यका संस्थागत प्रणाली थप निकम्मा बने। संविधान लेख्ने अवसर दलीय स्वार्थमा फसेको छ।”

शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टीले परिणाममुखी र उदाहरणीय शासन सञ्चालन गर्ने दाबी पनि गरेका छन्।


सम्बन्धित समाचार