Logo

७ मंसिर,काठमाडौं ।आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार साँझ साढे ५ बजेसम्म ५६ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भने १३ दल दर्ता भएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते र राष्ट्रियसभा निर्वाचन माघ ११ गते तोकिएको छ। आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल अद्यावधिक गर्ने समय मंसिर ७ गतेसम्म तोकेको छ भने प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म समय दिएको छ।

दल दर्ता र अद्यावधिक प्रक्रियामा तीव्रता बढेको आयोगले जनाएको छ।


सम्बन्धित समाचार