Logo

फाइल तस्बिर

११ चैत,वीरगञ्ज । बाराबाट प्रहरीले म्याजिक भ्यानबाट घरेलु मदिरा बरामद गरेको छ । प्रहरीले ना १ ज ७७६६ नम्बरको म्याजिकबाट ७ सय ५० लिटर घरेलु मदिरा बरामद गरेको हो ।

पथलैयाबाट वीरगञ्जतर्फ आउदैँ गरेको सोही नम्बरको म्याजिक भ्यानलाई शकांस्पद तरिकाले चलाउदैँ आउँदै गरेको देखेर जितपुरसिमरा–१ बाट खटिएका प्रहरीको चेकिङ टोलीले चेकँजाचका लागि रोकेको थियो ।

सोही क्रममा भ्यानमा प्लाष्टिकको ३८ पोकामा जम्मा ७ सय ५० लिटर घरेलु मदिरा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले भ्यान चालक पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२१ बस्ने २४ वर्षीय मुन्ना प्रसाद यादवलाई समेत पक्राउ गरेको ईलाका प्रहरी कार्यालय जिपुरसिमराले जनाएको छ ।


सम्बन्धित समाचार