१३ मंसिर,काठमाडौं । रुसले अन्तर्राष्ट्रिय मानव अधिकार अनुगमन संस्था ‘ह्युमन राइट्स वाच’ (HRW) लाई आफ्नो ‘अवाञ्छित’ संस्थाहरूको सूचीमा समावेश गरेको छ। न्यूयोर्कमा मुख्यालय रहेको यस दबाब समूहलाई रूसभित्र कुनै पनि प्रकारका गतिविधि सञ्चालन गर्न प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।
रूसी अधिकारीहरूले यस निर्णयको ठोस कारण सार्वजनिक गरेका छैनन्। सन् २०२२ मा रूसभित्र रहेका HRW को कार्यालयहरू बन्द गर्न बाध्य भएको थियो। प्रतिबन्धबारे HRW ले तत्काल कुनै टिप्पणी जारी गरेको छैन।
फेब्रुअरी २०२२ मा युक्रेनमाथि रुसी आक्रमण सुरु भएसँगै क्रेमलिनको नीतिको आलोचना गर्ने वा युद्धमा मस्कोको भूमिकामाथि प्रश्न उठाउने दर्जनौँ गैरसरकारी संगठन तथा समूहहरूलाई रूसी न्याय मन्त्रालयले क्रमशः प्रतिबन्ध लगाउँदै आएको छ।
विश्वभर भएका मानव अधिकार उल्लङ्घनको अनुसन्धान र प्रतिवेदन प्रकाशित गर्दै आएको ‘ह्युमन राइट्स वाच’ले रुसी आक्रमणबारे बारम्बार आलोचना गर्दै आएको छ। HRW ले रुसमाथि ‘उल्लङ्घनको लामो श्रृङ्खला’ सञ्चालन गरेको आरोप लगाइरहेको छ भने रुसले भने ती सबै आरोपहरू अस्वीकार गर्दै आएको छ।

















