Logo

१३ मंसिर,पर्सागढि । पर्सा जिल्लाको पर्सागढि नगरपालिका–३ पकडिया बडनिहार मुसहर टोल नजिकैको बासघारीमा लुकाइ–छिपाइ राखिएको अवस्थामा वन गस्ती टोलीले तीन थान सालको गोलिया बरामद गरेको छ।

सब–डिभिजन वन कार्यालय बडनिहारका टे.सुबेदार जितबहादुर तामाङको कमान्डमा गएको वन गस्ती टोली तथा बिन्दबासिनी कोईलाभार सामुदायिक साझेदारीको संयुक्त गस्ती टोलीले प्राप्त गोप्य सूचनाका आधारमा सालका गोलिया फेला पारेको हो।

वन तस्करहरूले जंगलबाट सालका रुख काटेर गोलिया बनाइ अवैध रूपमा बासघारीमा लुकाइ राखेको अवस्थामा करिब १४ क्युबिक फिट बराबरका तीन थान गोलिया बरामद गरिएको बताइएको छ। बरामद गरिएको सालका गोलिया सब–डिभिजन वन कार्यालय बडनिहारमा राखिएको वन अधिकृत उज्वल यादवले जानकारी दिए। उनका अनुसार गोलिया कसले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको बताए ।

 


सम्बन्धित समाचार