Logo

 २६ मंसिर,काठमाडौं । सुनको मूल्य आज एकैदिनमा तोलामा ३ हजार ५ सय रुपैयाँले उक्लिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ उकालो लागेर तोलाको २ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको छ। हिजो यसकै मूल्य तोलाको २ लाख ५३ हजार १ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको भाउ पनि आज १ सय रुपैयाँले बढेको छ। मूल्य वृद्धिसँगै चाँदी तोलाको ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। यो चाँदीको अहिलेसम्मकै उच्च मूल्य हो। हिजो चाँदीको मूल्य तोलाको ३ हजार ८ सय ५ रुपैयाँ थियो।


सम्बन्धित समाचार