Logo

२९ मंसिर, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि अन्तिम क्षणसम्म सर्वसम्मतिको प्रयास गरिए पनि त्यो सफल हुन नसकेको बताएका छन् ।

सर्वसम्मतिको पहल विफल भएसँगै अब महाधिवेशन निर्वाचनउन्मुख भएको उनको भनाइ छ । उनले अध्यक्ष केपी शर्मा ओलीले केही समयमै प्रतिस्पर्धाका लागि मनोनयन गर्ने जानकारी दिए बस्नेतका अनुसार, मिलेर जानु आजको आवश्यकता भए पनि अध्यक्ष ओलीलाई हटाएर सर्वसम्मत हुन नसक्ने निष्कर्षमा पुगेपछि चुनावमा जानुपर्ने अवस्था आएको हो ।

बस्नेतले वरिष्ठ उपाध्यक्ष पदमा ईश्वर पोखरेल नै दोहोरिएको भए पार्टीका लागि राम्रो हुने थियो भन्दै अन्यथा यसले पार्टीभित्र आन्तरिक सङ्घर्ष उत्पन्न हुने सम्भावना औँल्याए । उनले देशमा विदेशी शक्ति हाबी भएको वर्तमान अवस्थामा देशलाई विकास र समृद्धि दिन सक्ने टिम घोषणा भइसकेको दाबी समेत गरे । व्यक्तिगत रूपमा आफ्नो उम्मेदवारी सचिव पदमा रहेको कुरा पनि उनले स्पष्ट पारेका छन् ।


सम्बन्धित समाचार