Logo

२९ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम अघि बढ्दै गर्दा केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका संशोधन गरेको छ ।

संशोधित कार्यतालिका अनुसार, उम्मेदवारहरूको दरखास्त फारम दर्ता गर्ने समय आज दिउँसो १ बजेदेखि साढे ३ बजेसम्मका लागि तोकिएको छ । यसअघि बिहान साढे १० बजेदेखि साढे १ बजेसम्मका लागि समय निर्धारण गरिएको थियो । केन्द्रीय निर्वाचन आयोगका सचिव डा। कुन्साङ लामाले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार, उम्मेदवारको प्रारम्भिक नामावली आज दिउँसो ४ बजे प्रकाशित हुनेछ ।

प्रकाशित नामावलीमाथि परेका उजुरीहरूको छानबिन र निर्णय साँझ ५ बजेसम्म हुनेछ । त्यसपछि ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । उम्मेदवारहरूको अन्तिम नामावली भने आज साँझ साढे ६ बजे प्रकाशन हुने बताइएको छ । यसैगरी, मतदान कार्यक्रम भोलि ९पुस १ गते० बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुने गरी तालिका तय गरिएको छ ।


सम्बन्धित समाचार