२९ मंसिर, काठमाडौं । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पदाधिकारीको सूची सार्वजनिक भएपछि असन्तुष्टि चुलिएको छ ।
पार्टी स्थायी समिति सदस्य राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी नेतृत्वबाट सार्वजनिक भएका पदाधिकारीको सूचीमा असन्तुष्टि जनाउँदै गौतमले अब आफ्नो उम्मेदवारी फिर्ता नहुने स्पष्ट पारेका छन् ।
उनले भने, ‘फारम भरेर हातमा पैसा लिएर बसेको छु, अब मेरो उम्मेदवारी फिर्ता हुँदैन ।’ आफ्नो बारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराए पनि प्रचारमा आएका नामहरूमा चित्त नबुझेकाले अब उपमहासचिवमा उम्मेदवारी दिने निर्णयमा पुगेको उनले बताए । गौतमको यो घोषणाले पार्टीभित्रको आन्तरिक व्यवस्थापन र प्यानलगत प्रतिस्पर्धामा थप जटिलता सिर्जना गरेको छ ।
















