१ पौष, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।
थापाले आसन्न राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने प्रयोजनका लागि पद त्याग गरेको राष्ट्रपति पौडेलको सचिवालयले पुष्टि गरेको छ । सचिवालयका अनुसार, थापाले माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्न लागेको जानकारी राष्ट्रपति पौडेललाई गराउँदै राजीनामा दिएका हुन् ।
यसअघि उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशन (२०७८ सालमा) मा खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए र धनकुटामा प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि बनिसकेका छन् । राष्ट्रिय सभाको चुनावी प्रतिस्पर्धामा सहभागी हुनका लागि उनले यो महत्त्वपूर्ण राजनीतिक पदबाट राजीनामा दिएका छन् ।















