Logo

१ पौष, काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनमा पदाधिकारी चयनको रस्साकस्सी चलिरहँदा संस्थापन पक्षको प्यानलभित्र नाटकीय परिवर्तन देखिएको छ ।

प्रभावशाली नेता प्रदीप ज्ञवालीले उपाध्यक्ष पदमा चुनाव लड्न अस्वीकार गरेपछि उनको रिक्त स्थानमा रघुजी पन्तलाई समेटिएको हो । अध्यक्ष केपी शर्मा ओलीले ज्ञवालीलाई उपाध्यक्षको उम्मेदवार बन्न आग्रह गरे पनि उनले केन्द्रीय सदस्यमै सीमित रहने इच्छा देखाएपछि पन्तका लागि पदाधिकारीको ढोका खुलेको हो ।

यसअघि ओली प्यानलमा केन्द्रीय सदस्यमा मात्रै नाम परेपछि असन्तुष्ट बनेका पन्तले विद्रोह स्वरूप उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनी पहिले ईश्वर पोखरेल समूहसँग नजिक भएर उम्मेदवारी दिने तयारीमा रहेको चर्चा भए पनि ज्ञवालीको पछि हट्ने निर्णयले समीकरण बदलिदिएको छ । संस्थापन पक्षले आफ्नो प्यानललाई पूर्णता दिन र असन्तुष्टि सम्बोधन गर्न अन्तिम समयमा पन्तलाई उपाध्यक्षको आधिकारिक उम्मेदवारका रूपमा स्वीकार गर्ने सहमति गरेको स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार