Logo

२ पौष, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान प्रक्रिया निकै सुस्त गतिमा अगाडि बढिरहेको छ ।

दिउँसो १ः३० बजेसम्मको ताजा अपडेट अनुसार कुल २ हजार २ सय ६३ मतदातामध्ये हालसम्म केवल ४ सय १५ जनाले मात्र आफ्नो मताधिकार प्रयोग गरेका छन् । बिहान ९ः२० बजेदेखि सुरु भएको मतदानमा प्रयोग गरिएको विद्युतीय मेसिनमा प्राविधिक जटिलता वा मतदाताको सावधानीका कारण सोचेजस्तो गति देखिन सकेको छैन, जसले गर्दा सम्पूर्ण प्रक्रिया सकिन अझै लामो समय लाग्ने देखिएको छ ।

सभामण्डप भित्र मतदानको शान्त वातावरण रहे पनि बाहिरको दृश्य भने निकै रोचक र चुनावी रौनकले भरिएको छ। विभिन्न उम्मेदवारका पक्षमा रहेका नेता तथा कार्यकर्ताहरूले प्लेकार्ड र नारासहित आफ्नो पक्षमा अन्तिम समयसम्म पनि मत मागिरहेका छन् । चुनावी प्रतिस्पर्धा मुख्यगरी दुई प्यानलबीच केन्द्रित देखिएकाले बाहिरको प्रचार युद्ध निकै घनिभूत छ ।

निर्वाचन समितिका अनुसार मतदानको यो सुस्त रफ्तार कायम रहेमा आज मध्यरातसम्म मात्रै सबै प्रतिनिधिले भोट हालिसक्ने र त्यस लगत्तै मतपरिणाम घोषणाको तयारी गरिनेछ।


सम्बन्धित समाचार
भर्खरै