Logo

३ पौष, काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराधको गम्भीर अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीको मुद्दाले आज नयाँ मोड लिएको छ ।

उच्च अदालत बुटवलमा दायर गरिएको उक्त मुद्दालाई न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलास (एक नम्बर इजलास) मा सुनुवाइका लागि तोकिएको छ । यसअघि विभिन्न प्राविधिक कारण र कानुनी व्यवसायीहरूको समय मागका कारण पटक(पटक सर्दै आएको यो मुद्दामा आज हुने भनिएको बहसलाई निकै चासोका साथ हेरिएको छ ।

बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई थुनामै राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । सो आदेश त्रुटीपूर्ण रहेको दाबी गर्दै लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराउनुभएको थियो।

आफूले बिगो रकम बुझाउँदा समेत जिल्ला अदालतले रिहा गर्न अस्वीकार गरेको जिकिर गर्दै उहाँले साधारण तारिखमा रहेर मुद्दा लड्न पाउनुपर्ने माग गर्नुभएको छ । आजको सुनुवाइले लामिछाने र जोशीको कारागार बसाइ लम्बिन्छ वा उहाँहरू बाहिरै बसेर मुद्दा लड्न पाउनुहुन्छ भन्ने कुराको प्रारम्भिक संकेत दिने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै