Logo

१८ चैत, वीरगञ्ज । पर्साबाट प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिकाको जानकीटोला चोकबाट गाँजासहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चैत १७ गते अपराह्न ४ बजे जगरनाथपुर २ जानकीटोला चोकबाट पर्साको छिपहरमाई गाउँपालिका ४ बस्ने २२ वर्षीय चन्दन कुमार साह, २० वर्षीय अरवाज आलम र २४ वर्षीय सुनिल कुमार गुप्ता पक्राउ परेका छन् ।

ना.१४ प ७२२४ नम्बरको मोटरसाइकलमा जानकीटोलाबाट भिखमपुरतर्फ जाँदै गरेका चन्दन र अरवाजको साथबाट प्रतिबन्धित लागु औषध गाँजा ३ किलो फेला परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो ।

लागु औषध सहित ३ जनालाई हिरासतमा राखेर लागु औषधसम्बन्धी कसुरमा पर्सा जिल्लाबाट म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।


सम्बन्धित समाचार