Logo

१९ चैत, वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको ८ महिनामा झण्डै २ करोड बराबरको राजस्व संकलन गरेको छ । प्रहरीले १ करोड ८९ लाख १२ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको हो ।

ट्राफिक नियम उल्लङघन गर्ने २१ हजार २ सय सवारी साधनलाई कारवाही गरी सो परिणामको रकम संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक मणिराम थापाले बताउनुभयो ।

यस्तै सोही अवधिमा पर्सा जिल्लाको मुख्य सडक तथा सहायक सडकमा भएको २ सय ८१ वटा सवारी दुर्घटनामा परि ३३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा २७ जना पुरुष, ३ जना महिला र ३ जना बालक रहेका छन् । बढ्दो सवारी चाँप, साँघुरो सडक, चालको लापरवाही एवम् छाडा पशुचौपायाका कारण सवारी दुर्घटना बढेको ट्राफिक प्रहरी निरिक्षक थापाले बताउनुभयो ।


सम्बन्धित समाचार