२१ चैत,वीरगञ्ज । मधेश सरकारबाट एमाले बाहिरिएको छ । मधेश प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेबाट मन्त्री भएका भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव रायले मंगलबार राजीनामा दिएका हुन् ।
राष्ट्रपतिको चुनावताका एमालेसँग गठबन्धन भत्किएलगत्तै मुख्यमन्त्रीले एमालेलाई सरकारबाट हटाउन चाहेका थिए । तर बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई एमालेले सहयोग गर्ने आशमा उनी मौन थिए ।
त्यहाँ एमालेले समेत उम्मेदावारी दर्ता गराएपछि मुख्यमन्त्री यादवले एमालेलाई सरकार छोड्न निर्देशन दिएका हुन् ।गत २७ पुसमा एमालेको समर्थनमा जसपाका यादव मुख्यमन्त्री बनेका थिए ।



















