Logo

११ माघ, वीरगञ्ज । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको उपाध्यक्ष पदमा डा. राम किशोर सिंह अत्याधिक मतका साथ निर्वाचित भएका छन्।

वीरगन्जमा शनिबार सम्पन्न निर्वाचनको आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार अध्यक्ष पदमा डा. गुप्ता फराकिलो मतान्तरका साथ विजयी भएका छन् भने उपाध्यक्षमा उनकै प्यानलका डा. सिंह निर्वाचित भएका हुन्।

उपाध्यक्ष पदमा डा. सिंहले २४० मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी डा. राजदेव कुशवाहा प्यानलका उम्मेदवार डा. चन्द्रकान्त पासवानले १६० मत प्राप्त गरे।

अध्यक्ष पदमा डा. गुप्ताले २५९ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी डा. राजदेव कुशवाहाले १५७ मत मात्रै प्राप्त गरेका छन्। निर्वाचित डा. गुप्ता यसअघि पनि संघको अध्यक्ष पदमा कार्यरत थिए।

नयाँ नेतृत्व चयनका लागि वीरगन्जमा शनिबार भएको निर्वाचनमा कुल ७६६ मतदाता रहेकोमा ४२० मत खसेको थियो। नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखामा पर्सा र बारा जिल्लामा कार्यरत चिकित्सकहरू आबद्ध छन्।


सम्बन्धित समाचार
भर्खरै