११ माघ,पोखरा। गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा एमालेकी सम्झना देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी भएकी छन्। राष्ट्रियसभा निर्वाचनका लागि आइतबार पोखरामा भएको मतदानमा उनले स्पष्ट बहुमत हासिल गरिन्।
विजयी हुने क्रममा देवकोटा नेपाली कांग्रेससँगको सहकार्यमा एमालेबाट उम्मेदवार बनेकी थिइन्। गण्डकी प्रदेशमा कुल २२८ मतदातामध्ये २२३ मत खसेको थियो। देवकोटाले ५,०१४ मतभार प्राप्त गरेकी छन्।
मतदानमा राप्रपाका दुई सांसद र सत्ता गठबन्धनका तीन पालिका प्रतिनिधि मतदानमा सहभागी भएका थिएनन्। यस चुनावमा नेपाली कम्युनिस्ट पार्टीबाट गोमा घिमिरे र राष्ट्रिय जनमोर्चाले लक्ष्मी बास्कोटालाई उम्मेदवार बनाएको थियो।
देवकोटाको विजयी हुनु महिला प्रतिनिधित्वमा महत्वपूर्ण कदमको रूपमा लिइएको छ।
















