Logo

२७ चैत,वीरगञ्ज । मधेश प्रदेशको प्रदेशसभा बैठक आज सोमबार बोलाइएको छ । दुई महिनापछि सोमबार दिउँसो १ बजेदेखि प्रदेशसभा बैठक आह्वान गरिएको हो । गत फागुन ४ गतेपछि प्रदेशसभा बैठक बोलाइएको थिएनन् ।

सरकारले बिजनेस पनि नदिँदा र राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनले प्रदेशसभा बैठक बोलाइएको थिएनन् । सोमबार हुने बैठकको कार्यसूची संसदीय दलको नेताहरुले बैठकभन्दा पूर्व तय गर्ने बुझिएको छ ।

तर बक्यौता रकम बारे पनि कार्यसूची हुने छन् । बक्यौता रकमहरुको छानबिन गरी भुक्तानी प्रक्रिया अगाडि बढाउनको लागि उपसभामुखको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो । तर उपसभामुखले राजीनामा दिइसकेकी छन् । त्यसपछि सर्वसहमतिमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की सांसद रानीकुमारी शर्मालाई जिम्मेवारी दिइएको थियो ।

सो समितिको राजीनामा र नयां संयोजकको चयनको विषयमा प्रदेश सभाको बैठक बस्न लागेको हो । समितिको म्याद पनि सकिएकोले बैठकबाट त्यसको म्याद थप गरिनेछ । प्रदेश सभा सचिवालयका अनुसार सरकारले खेलकुद सम्बन्धी एउटा मात्र विधेयक प्रदेश सभामा पठाएको छ ।

विभिन्न ६ वटा विधेयक तयारी अवस्थामा रहे पनि विभिन्न मन्त्रालयका सचिवहरुको ढिलाइका कारण प्रदेश सभामा जान पाएको छैन् । मुख्यसचिवको अनुपस्थिति र सरुवाले पनि विधेयकलाई मन्त्रिपरिषद्बाट निर्णय गराउन समस्या देखिएको बताइएको छ ।


सम्बन्धित समाचार