२१ फागुन,काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबार बिहानदेखि सुरु भएको मतदान देशभर जारी छ। दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको निर्वाचन आयोगले जनाएको छ।
देशभरका १६५ निर्वाचन क्षेत्रमा भइरहेको मतदानमा हालसम्म करिब ४० प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।
बिहान ७ बजेदेखि सुरु भएको मतदान देशभरका १० हजार ९६७ मतदान स्थलमा जारी रहेको छ। अधिकांश स्थानमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ भने केही स्थानमा सामान्य छिटपुट घटनाबाहेक मतदानमा कुनै ठूलो अवरोध नआएको जनाइएको छ।
निर्वाचन आयोगले मतदातालाई निर्धक्क भएर मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ।

















