Logo

२२ फागुन,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ। शुक्रबार बिहान ९ बजे सम्पन्न सर्वदलीय बैठकपछि केहीबेरअघि औपचारिक रूपमा मतगणना प्रक्रिया सुरु गरिएको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालका अनुसार निर्वाचन आयोगले तय गरेको पूर्वतयारी तथा मापदण्डअनुसार मतगणना प्रक्रिया अघि बढाइएको छ। उनले मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक सुरक्षा तथा व्यवस्थापन मिलाइएको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयका अनुसार मतगणना कार्यलाई तीव्र गतिमा अघि बढाइँदैछ। यदि सबै प्रक्रिया सहज रूपमा अगाडि बढेमा आगामी २४ घण्टाभित्रै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी दहालले बताए।

मतगणनास्थलमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा निर्वाचन अधिकृतको उपस्थिति रहेको छ।


सम्बन्धित समाचार