Logo

६ बैशाख, वीरगञ्ज । पर्साबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित एकजना युवकलाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३१ वर्षीय बिकी बिकलाई पक्राउ गरेको हो ।

गत सोेमबार ना ७ प ६८१४ नम्बरको मोटरसाइकलमा सवार उनलाई वीरगञ्ज महानगर–१५ प्रतिमाचोकबाट प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले नाईट्राभेट ट्याब्लेट ९० पिस, १ सय एमएलको कोरेक्स ५ बोतल र चरेश जस्तो देखिने खैरो पदार्थ ८० ग्राम फेला पारेको प्रहरीको दावी छ ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार