Logo

१३ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जबाट प्रतिबन्धित लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ बस्ने २५ वर्षीय बब्लु पाठकलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीको टोलीले हिजो भारतबाट वीरगञ्जतर्फ लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा पाठकले चलाएको ना १ ज २०३७ नम्बरको टाटा सुमोबाट लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ । वीरगञ्ज–१२ बाइपास सडकखण्डस्थित हरियाली रेष्टुरेन्टको अगाडीबाट टाटा सुमोको इन्जिन माथिको बर्नटको दुबैपट्टिको भागमा कालो प्लाष्टिकमा १४ पोका बनाई लुकाएर राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध फेला परेको प्रहरीको भनाई छ ।

उनको साथबाट लागुऔषध फेनारगन १४०० एम्पुल, डाइजेल्याब १४०० एम्पुल र नुरफिन १४०० एम्पुल गरी जम्मा ४२०० एम्पुल बरामद गरेको प्रहरीको दावी छ ।
लागुऔषधसहित पक्राउ परेका उनलाई लागुऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरिले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार