Logo

७ असोज वीरगञ्ज ।
पूर्व मन्त्री तथा एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यकाल सकिएपछि राजनीतिमा फर्कन आह्वान गरेका छन् । बास्कोटाले आज सामाजिक सञ्जालमार्फत् राष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन आह्वान गरेका हुन् ।

‘पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानुनी व्यवस्था छैन । राजनीतिबाटै उनीहरू रास्ट्रपति बनेका हुन्छन्,’ पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले लेखेका छन्, ‘मेरो सिधा मत छ, वर्तमान रास्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो ।’

उनले एकमात्र पूर्वरास्ट्रपतिले पूर्वमान्यताअनुरूपको राजनीति गरिरहकोे भन्दै प्रथम राष्ट्रपति डा. रामवरण यादवमाथि कटाक्ष पनि गरेका छन् ।
संसदका दुवै सदनले पास गरेको नागरिकता विधेयकलाई रोकेर संविधानको उल्लंघन गरेको आरोप राष्ट्रपति माथि लागेको बेलामा बास्कोटाको यस्तो भनाई बाहिर आउनुले थप मूलुक मुडभेडमा लैजान खोजेको देखिन्छ । बास्कोटा एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट मानिन्छन ।
नेकपा एमालेको डिजाइन अनुसार नै राष्ट्रपति चलेको प्रष्ट हुन्छ नेपाली काग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले भने ।


सम्बन्धित समाचार