Logo

७ असोज, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाले २ महिनामा १० करोड भन्दा बढी आन्तरिक आय संकलन गरेको छ । आर्थिक वर्ष २०७९÷८० को साउन १ देखि भदौं ३१ गतेसम्म महानगरले १० करोड ५० लाख २४ हजार ७ सय ९४ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको हो ।
यो अघिल्लो वर्ष भन्दा २ करोड १५ लाख ४ हजार २ सय ५१ रुपैयाँ ८३ पैसा बढी हो । आर्थिक वर्ष ०७८÷७९ मा ८ करोड ३५ लाख २० हजार ७८ रुपैयाँ ९३ रुपैयाँ संकलन गरेको थियो ।
महानगरपालिकाले सम्पत्ति कर, घर जग्गा रजिष्ट्रेसन तस्तुर, घर बहाल कर, सवारी साधन कर, पूर्वाधार उपयोगमा लाग्ने कर, ओखटेपहारमा लाग्ने कर, न्यायिक, नक्सापास, सिफारिस तथा नाता प्रमाणित दस्तुर, व्यक्तिगत घटना दर्ता लगायतका शिर्षकमा आन्तरिक आम्दानी संकलन गर्दै आएको छ ।
महानगरपालिकाको राजश्व शाखाका अनुसार चालु आर्थिक वर्षको २ महिनामा सम्पत्ति कर ३ करोड ६१ लाख ८७ हजार ५ सय ३६ रुपैयाँ ०९ पैसा, भूमिकर÷मालपोत २५ लाख ४४ हजार ६ सय ८८ रुपैयाँ १६ पैसा, घर जग्गा रजिष्ट्रेशन दस्तुर १ हजार ३० रुपैयाँ घर बहाल कर १ करोड २९ लाख ०८ हजार ९ सय ५२ रुपैयाँ ९२ पैसा संकलन गरेको छ ।
सवारी साधनमा लाग्ने कर (साना) ६ लाख ५० हजार १ सय ९० रुपैयाँ, पूर्वाधार सेवा उपयोगमा लाग्ने कर ९ सय रुपैयाँ, व्यवसाय रजिष्ट्रेशन दस्तुर ५९ लाख ७६ हजार १ सय रुपैयाँ, अखेटोपहारमा लाग्ने कर २ करोड २१ लाख ४० हजार ५ सय ४५ रुपैयाँ, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय ६७ लाख ८५ हजार २ सय ६४ रुपैयाँ २५ पैसा, नीजि धारा वापतको शुल्क ५ सय १० रुपैयाँ, विद्युत सेवा शुल्क ५ सय २० रुपैयाँ, अन्य सेवा शुल्क ६३ लाख ७१ हजार ९ सय ४९ रुपैयाँ ३० पैसा प्राप्त भएको छ ।

न्यायिक दस्तुर ६२५ रुपैयाँ, परीक्षा शुल्क १८ हजार रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्क २ लाख ८२ हजार १ सय ४ रुपैयाँ, नक्सा पास दस्तुर ५९ लाख २६ हजार ७ सय ५७ रुपैयाँ ३४ पैसा, सिफारिश दस्तुर ३२ लाख २६ हजार ४ सय ९४ रुपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुर ८ लाख ०९ हजार ६ सय ९१ रुपैयाँ, नाता प्रमाणित दस्तुर २ लाख ८६ हजार २ सय ८० रुपैयाँ, अन्य दस्तुर ५३ हजार ७ सय १०, प्रशासनिक दण्ड जरिवाना र जवफतबाट ७ लाख ७९ हजार ३ सय ९८ रुपैयाँ ५१ पैसा र बेरुजु ७ लाख ३० हजार ९३ रुपैयाँ ५२ पैसा गरी १० करोड ५० लाख २४ हजार ७ सय ९४ रुपैयाँ संकलन भएको राजश्व शाखाले जनाएको छ ।

चालु आर्थिक वर्षमा आन्तरिक आय ९८ करोड २१ लाख रुपैयाँ पु¥याउने लक्ष्य महानगरले राखेको छ । महानगर बन्नका लागि आन्तरिक आम्दानी १ अर्ब माथि हुनुपर्ने उल्लेख छ । तर स्थानीय सरकार गठन भएको ५ वर्ष वितिसक्दा समेत वीरगञ्जले आन्तरिक राजश्व १ अर्ब पु¥याउन सकेको छैन ।

सम्पत्ति कर लगायत केहि राजश्व शिर्षकको दर घटाएपनि सेवा प्रवाहमा सुधार ल्याएका कारण अघिल्लो वर्ष भन्दा बढी राजश्व संकलन गर्न सफल भएको राजश्व व्यवस्थापन शाखाका अधिकृत मनोज कर्णले जानकारी दिए ।

‘ सम्पत्ती करको दर घटाईएको छ, तरपनि अघिल्लो आर्थिक वर्षको तुलनामा २ करोड भन्दा बढी राजश्व संकलन भएको छ ।’ उनले भने ‘सेवा प्रवाहलाई चुस्त बनाईएकै कारण यो संभव भएको हो । कुनैपनि बहानामा सेवाग्राहीलाई अल्झाएका छैनौं, फटाफट काम हुन्छ । बस्नका लागि बेञ्च छ, सेवाग्राहीलाई पनि एसी लगाईदिएका छौं ।’
वडाबाटै राजश्व संकलन गर्ने व्यवस्था मिलाउन वडाका कर्मचारीको दक्षता अभिवृद्धि गर्ने र अनलाईन राजश्व भुक्तानीका लागि मोबाईल एप्स बनाउने कार्य अघि बढेको उनले बताए ।

 


सम्बन्धित समाचार